झापामा रहेको मगमग चाउचाउको फ्याक्ट्रीमा भिषण आगलागि
दमक । झापाको मेचीनगर नगरपालिका वडा नंं १४ दुवागढीमा रहेको मगमग चाउचाउ कारखानामा आज विहान भिषण आगलागी भएको छ । विहान ५ बजेदेखि शुरु भएको आगलागि अहिलेसम्म नियण्त्रणमा आई नसकेको जनाईएको छ ।
झापा ,मोरङ, इलाम र सुनसरीका १ दर्जनभन्दा बढि दमकलहरु आगो निभाउन पुगेकाछन् । मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउको फ्याक्ट्रीमा लागेको आगो निभाउन सबै प्रयासहरु भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

