दमक अस्पतालको अनुकरणिय काम ! बोन टि.बि भएकी महिलाको निशुल्क जाँच तथा उपचार
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमक ९ मा एक विपन्न परिवारकी महिलाको आर्थिक अभावका कारण उपचार नपाई ओछ्यानमा रहेको अवस्थामा दमक अस्पतालले निशुल्क जाँच तथा उपचार गरिदिएको छ । ति महिलामा बोन टि.बि रहेको पाईएको छ । सरकारी दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट खड्ग लिम्बु आफै विरामीको जाँच तथा उपचारमा लागेका थिए ।
लायन्स क्लव अफ झापा दमक र रोटरी क्लव अफ दमकले विरामीको बिषयमा जानकारी पाएपछि उक्त स्थानमा गएर महिलाको अवस्था बुझेर तत्कालै दमक अस्पतालकी सूचना अधिकारी देबी दंगालसंग उपचारका लागि आग्रह गरेको थियो । दंगाललै आफै अस्पतालको तर्फबाट एम्बुलेन्स पठाएर जाँच तथा आवश्यक उपचार निशुल्क ब्यवस्थापन गरेकीहुन् । औषधि पनि अस्पतालले ब्यवस्था गरिदिएको छ । अब पोषण आवश्यक छ, दंगालले भनिन् ।
आफ्नो घर नभएकी र भाडामा बस्दै आएकी ३५ बर्षिया जयमाला दहाल आर्थिक अभावले ओछ्यान परेको बर्ष दिन भन्दा बढि भएको पाईएको लायन्स क्लव अफ झापा दमकका अध्यक्ष अशोक चौधरीले बताए । उपचारमा दमक अस्पतालले ठुलो गुन लगाएको छ र अरु के सहयोग आवश्यक पर्छ हामी पनि गर्छौ, लायन्स क्लव अफ झापा दमकका अध्यक्ष चौधरीले भने ।
सानो बच्चालाई पढाई छोडाएर आफ्नो हेरचाहमा राख्न बाध्य रहेकी महिलाको श्रीमान् सामान्य मजदुरी गर्ने ब्याक्ति भएका कारण उपचारमा समस्या रहेको थियो । दमक ८ मा रहेको एक्यूप्रेसर थेरापी गराउदै आएकी मिना भट्टराईले उनको कोठामा नै गएर थेरापी गराइदिइरहेकीछन् । उनले नै दाहालको उपचारका लागि लायन्स र रोटरीलाई समन्वय गरिदिन भनेकी थिइन् ।
रोटरी क्लव अफ दमकका अध्यक्ष भरत चम्लागाईले महिलाको उपचार दमक अस्पतालबाट भएकोमा खुशि भएको जनाउदै अन्य सहयोग गर्न आफुहरु तयार रहेको बताए । उपचार ठुलो कुरा हो र यसमा दमक अस्पतालले देखाएको तदारुकता सहनीय छ, उनले भने ।

