२०८३ असार १०, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखेँ

विष्णुप्रसाद पोखरेल

दमक/ विशेष उदेश्य प्राप्तिको लागि दिगो परिवर्तन लागि गरिने अगार्मी परिबर्तन हुन्छ भने तेसलाई राजनीति भनिन्छ। लोकतन्त्र अर्थात प्रजातन्त्र शासनको एउटा व्यवस्था हो। राजनीतिक सिद्धान्तमा लोकतन्त्रले एउटा निश्चित प्रकारको शासन र सो सँग सम्बन्धित राजनीतिक विचारधारालाई जनाउंदछ। तर के अहिले हामीले यो अनुभुत गरेका छौ त ? सायदै कमैले मात्र यो अनुभुत गरेको हुनुपर्छ ।

पछिल्ला राजनीतिक घटनाक्रमले राजनीति अत्यन्त दुषित भएको छ । राजनीतिक र राजनीतिक दलका नेताहरुप्रति भरोसा जनताको टुटदो अवस्थामा रहेको छ । यसले अहिले भनिएको लोकतन्त्र धेरै कमजोर हुने निश्चित छ । सर्वसत्ताबाद सोच र आफु केन्द्रित सिमित नेताहरुको स्वार्थ परिपुर्ति गर्ने माध्यमको रुपमा जनताहरु प्रयोग भएजस्तो भान हुन थालेको छ ।

न राजनीतिक दलहरु जनता केन्द्रित भएर लागेकाछन् न त राज्यका संयन्त्रहरु । सबै स्वार्थ केन्द्रित त ब्याक्तिबादी सोचले ग्रस्तछन् । आफ्नो बिचारलाई जबरजस्त रुपमा लाद्ने प्रयास भएको देखिन्छ । जसका कारण मूलक अस्थिर भइरहेको छ । जनतामा चरम निराशा पैदा भइरहेको छ । राजनीतिक दल र राजनीतिक दलका नेताप्रति वितृष्णा सिर्जना भएको छ । लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको आभास हुन थालेकोछ ।

बित्तिय संस्थाहरुको मनपरीले गर्दा ब्यवसायीहरु मर्न न बाँच्नुको अवस्थामा पुगेकाछन् । महगीले गर्दा सर्वसाधरण नागरिकहरु तड्पि रहेकाछन् । समाजमा रोग, भोक र शोकले ग्रस्त रहेको छ । बैंक तथा बित्तिय संसथाहरु नाफा यति र उति भयो भनेर सार्वजनिक गरिरहदा कतिपय नागरिेकहरु ऋणमा डुबेका कारण ज्यान फ्यालिरहेकाछन् भने कतिपय कुम्लोकुटुरो बोकेर भाग्ने अवस्थामा पुगेकाछन् । राज्यका कारण नागरिकहरु डिप्रेसनको शिकार बनिरहेकाछन् । यस्तो अवस्थामा राजनीतिक दलहरु र राजनीतिक नेताहरु घिनलाग्दो नौटंकीमा रमाईरहेकाछन् । छि कस्तो लोकतन्त्र ल्याईएछ ? कस्तो ब्यवस्था ल्याउन सडकमा आईएछ ? लोकतन्त्रका लडेकाहरुलाई पछुतो हुने अवस्था छ । देशको आर्थिक अवस्था भयाभह छ ।

हिजो ति नै सर्वोच्च अदालतका प्रधानन्याधिशले लोकतन्त्र बचाए । जनताको भावना अनुसार काम गरे भने खुशियाली मनाएका र बिज्ञप्ति जारी गरेर स्याब्बासी दिएकाहरुले आज मुलकलाई बर्बादीतर्फ लैजान र जनतालाई उल्लु बनाउनका लागि महाअभियोग ल्याउदैछन् । अझ एमसिसिको बिषयमा उनिहरुको धारणा र अनिर्णय देख्दा उदेग लाग्ने अवस्था छ । जनता एकथोक भनिरहेकाछन् तर राजनीतिक दल र सिमित नेताहरु अर्को गरिरहेकाछन् । उनिहरुलाई जनताको भावाना र बिचारसंग अलिकति पनि मतलव छैन । यो के भएको होला ? धेरेको मनमा अहिले यहि उब्जिरहेको हुनुपर्छ र म मा पनि यहि उब्जिएको छ ।

राजनीति र राजनीतिक दलप्रति विश्वास त गुमेको छ नै । त्यस माथि न न्यालयप्रति बिश्वास गर्ने अवस्था छ न कुनै संवैधानिक निकायहरुप्रति नै विश्वास गर्ने अवस्था छ । यो भन्दा विकराल अवस्था अब के हुनसक्छ ? सबैमा ध्यान जान जरुरी रहेको छ । नागरिकहरु पनि अब राजनीतिक स्वार्थ तथा राजनीतिक झण्डाभन्दा माथि उठ्ने र जुट्ने बेला भएको छ । होइन भने हाम्रो मुलक असफल राष्ट्रको बाटोमा जाँदैछ । स्वतस्फूर्त रुपमा खबरदारी गर्न अब सडकमा आउने अवस्था आईसकेको छ ।

आखिर कहिलेसम्म शाषित हुने ? कहिलेसम्म शोषित हुने ? हामीले वास्तविक लोकतन्त्र र प्रजातन्त्रको अनुभुति कहिले गर्न पाउने ? यसको जवाफ अब राजनीतिक दलहरु र यसका नेताहरुसंग माग्न जरुरी रहेको छ । होइन भने मुलक गम्भिर संकट फस्दैछ ।  राजनीतिक दलहरु र यसका नेताहरु यति निकम्मा भएकाछन् कि हरेक नेपालीहरुलाई यसको पीडाबोध हुने अवस्था छ । तर पनि हामी किन मौन छौ ? किन चुप छौ । आफैले आफैलाई प्रश्न गर्ने बेला आएको छ ।