दमक अस्पताललाई केपी ओली मेडिकल कलेजको रुपमा स्तरउन्नतीको लागि पहल गर्न माग
दमक/ दमक नगरपालिकाको नगर सभामा वडा नं. ७ का वडा सदस्य धनेश्वर कार्की श्यामले सरकारी दमक अस्पतालमा अहिले उपचारका लागि ठुलो समस्या रहेको जनाउदै मेडिकल कलेजको रुपमा विकास गर्न आवश्यक पहल गर्न माग गरेकाछन् । उनले अहिले देखिएको समस्या हल गर्नका लािग दमक अस्पतालको स्तरन्नती सहित केपी ओली मेडिकल कलेजको रुपमा विकास गर्न माग राखेकाहुन् ।
उनले लिखित रुपमा नै आफ्ना १४ बुदा राख्ने क्रममा यो पनि माग गरेपछि केहि समय सभा हलमा हाँसो चलेको थियो । दमक अस्पताल दमक नगरपालिकाको ब्यवस्थापनमा चल्दै आएको छ । यस क्षेत्रका लागि नेपाल सरकारको स्वास्थ्य बिमा अन्र्तगत यो पहिलो विन्दु अस्पताल पनि हो ।

