नेपाल निजामती कर्मचारी संगठन झापाको नयाँ नेतृत्व निर्वाचित
दमक/ नेपाल निजामती कर्मचारी संगठन झापाको ११ औं जिल्ला अधिवेशनबाट ३ बर्षका लागि नेतृत्व चयन भएको छ । भद्रपुर १० स्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरी परिसरमा भएको अधिवेसनबाट नयाँ नेतृत्व चयन भएको हो ।
नेपाल निजामती कर्मचारी संगठन ११ औं राष्ट्रिय आयोजक समितिका संयोजक केदारप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा भएको अधिवेशन पुन केदारप्रसाद पोखरेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
अध्यक्षमा पोखरेल, उपाध्यक्षमा हिरन्य न्यौपाने, महिला उपाध्यक्षमा सीता भण्डारी, सचिवमा मनोज तिम्सिना, सह सचिवमा इन्द्रहरि भट्टराई र कोषाध्यक्षमा कृष्णप्रसाद सुवेदी सर्वसम्मत निर्वाचित भएकाहुन् ।
सदस्यहरुमा दमकका नगेन्द्र भट्टराईसहित सुरेश गौतम, पूर्णचन्द्र मैनाली, दीपक रेग्मी, राजकुमार न्यौपाने, नरेन्द्र श्रेष्ठ, केदारकुमारी अधिकारी, सुष्मिता मैनाली, जीवनकला राउत, टिना काफ्ले, शारदा घिमिरे, जट्टाशंकर झा, यामकुमार कन्दङवा, रोशन घतानी र लोकबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएकाछन् ।
यसैगरी दमक नगरपालिकाका देबीप्रसाद कोइराला र केशवप्रसाद प्रशाई केन्द्रिय अधिवेसन प्रतिनिधि र भिमा भट्राई प्रदेश अधिवेसन प्रतिनिधिमा चयन भएकाछन् । राष्ट्रिय अधिवेशनका लागि ९ जना केन्द्रीय प्रतिनिधि र १ नं प्रदेश अधिवेशनका लागि १७ प्रदेश प्रतिनिधि पनि चयन भएकाहुन् ।
