दमकका बुहारीहरुका लागि आयोजित ५ दिने उद्घोषण तालिम समापन
दमक/ मेची-माहाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकले यस क्षेत्रमा बिभिन्न रचात्मक कार्य गर्दै आएको छ । समुहमा रहेका सदस्यहरुको ब्याक्तित्व तथा नेतृत्व विकासका लागि समेत पहलकदमी गर्दै आएको संस्थाले समुहमा आवद्ध रहेका बुहारीहरुका लागि ५ दिने उद्घोषण तालिम गरेको छ । तालिमको समापन शनिवार एक कार्यक्रमबीच दमक नगरपालिका वडा नं. ६ को नव निर्मित कार्यालय भवनमा भएको हो ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले तालिम समापन गर्दै यस किसिमको तालिमले समाजमा बोल्नदेखि लिएर नेतृत्व विकासका लागि समेत टेवा पुग्ने बताउदै रचानत्मक कार्यक्रममा नगरपालिकाले सधै सहयोग गर्ने बताईन् । तालिममा सहजिकरण मन्जरी घिमिरेले गरेकी थिइन् । मेची-माहाकाली बुहारी संयुक्त आवाज उपशाखा दमककी कार्य समिति सदस्य अनु ओडारीका अनुसार तालिममा ३० जना सहभागि रहेका थिए ।
