२०७९ चैत्र १३, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता १ वर्ष अगाडि

दमक/ झापाको दमकस्थित निम्स अस्पतालले सुविधा र क्षमता विस्तार गर्दै ६४ स्लाइसको सिटी स्क्यान सेवा शुरु गरेको छ । अब नेपाल सरकारको स्वास्थ्य बिमामा बिमित भएकाहरुले समेत यो सेवा पाउनेछन् । त्यसका लागि सरकारी दमक अस्पतालको रेफर भने आवश्यक रहनेछ ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले यो सेवाको औपचारिक उद्घाटन गरेकी हुन् । सिटी स्क्यान सेवा शुरु हुनु खुशिको कुरा भएको भन्दै उनले यसरी नै अब अन्य सेवा पनि विस्तार गर्नु पर्ने बताईन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा।नविन कुमार सिंहका अनुसार अस्पतालले बिभिन्न सेवा विस्तार गर्दै अस्पतालको स्तरउन्नतीको समेत अन्तिम प्रक्रियामा पुगेको जानकारी दिए । २५ बेडबाट अस्पताल ५० बेडमा स्तरउन्ती हुन लागेको हो ।

सामाजिक तथा स्वास्थ्य क्षेत्रका बिभिन्न महानुभावहरुले दिएको सुझाव अनुसार अस्पताल अघि बढ्ने अस्पतालका सचिव रोशन विष्टले बताए । यसैगरी अस्पतालका अध्यक्ष उमाकान्त आचार्यले अस्पतालको सेवालाई गुणस्तरीय बनाउनका लागि आफुहरु सधै लागि पर्ने जानकारी दिए  ।

सिटी स्क्यान शरीरका विभिन्न अंगहरूको जाँच गर्ने एउटा प्रक्रिया हो। यसको पूरा नाम कम्प्युटराइज्ड टोमोग्राफी स्क्यान अथवा कम्प्युटेड एक्सिअल टोेमोग्राफी हो। यो जाँच सामान्य एक्स–रे जस्तै हुन्छ तर एक्स–रे को तुलनामा सिटी स्क्यान धेरै नै आधुनिक हो र यसले एक्स–रे भन्दा बढी जानकारी दिन्छ। सिटी स्क्यानको सहायताले शरीरभित्रका हड्डी, नसा र तन्तुहरूको जाँच गरिन्छ।