२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको दमक नगरपालिकामा स्थानीय तहको निर्वाचनमा अब नेकपा एमालेबाट उम्मेद्वारको बिषयमा चर्चा शुरु भएको छ । आन्तरिक तथा बाह्य रुपमा चर्चा शुरु भएको हो । यसभन्दा अघि २ वडाध्यक्ष राप्रपाले जितेको थियो भने अन्य सबैमा एमालेले जितेको थियो ।

अब स्थानीय तहको निर्वाचन नजिक आईरहदा आंकाक्षीहरुले अनौपचारिक रुपमा आफ्नो दाबी पेश गर्न थालेकाछन् । नगर प्रमुखमा विशेष गरेर अहिले दमक नगरपालिका उपप्रमुख रहेकी गीता अधिकारीले पनि आफ्नो दाबी प्रमुखताका साथ उठाएकीछन् । यसभन्दा अघि नगर प्रमुखको दाबेदारी पेश गरेका अम्बिका खनाल पनि नगर प्रमुखको दौडमा रहेकाछन् ।

पछिल्लो समयमा ईन्द्र भण्डारीको नाम पनि नगर प्रमुखमा चर्चा भइरहेको छ । होमबहादुर थापाको पनि बलियो दाबेदारी रहेको छ । यसले गर्दा उम्मेद्वार चयनमा सकस हुने देखिन्छ । यद्यपी नगर प्रमुखका दाबेदारहरुलाई उपप्रमुख दिएर २ जनाको ब्यवस्थापन हुन सक्ने भन्दै पार्टीमा अनौपचारिक रुपमा छलफलहरु भइरहेको नगरका एक एमाले नेताले बताए ।

सबै सक्षम हुनुहुन्छ र नगर प्रमुख चलाउन सक्ने तागत राख्नु हुन्छ, ति नेताले भने । सर्वसम्मत रुपमा उम्मेद्वार चयन गर्छौ, ति नेताले भने । उम्मेद्वारहरुले पार्टीको निर्णय नै सर्वोपरी हुने भएकाले पार्टीको निर्णय बिपरीत नजाने पनि बताउदै आएकाछन् ।