२०८३ कार्तिक २, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ टीकाराम खतिवडा दमकका एक सफल ब्यवसायीको रुपमा अघि बढ्दै गएकाछन् । कस्मेटिक ब्यवसायको क्षेत्रमा दमकमा उनले आफ्नो बेग्लै पहिचान बनाएकाछन् । सरल स्वभाव र आर्थिक ईमान्दारीताका कारण उनी सफल बन्दै गएकाछन् ।

कस्मेटिक ब्यवसाय नै उनको पहिचानको ब्यवसाय हो । न्यू पाथिभरा कस्मेटिक उनको ब्यवसायीक फर्म हो । निरन्तरको लगनशीलता र सबैको साथका कारण नै आफु यहाँसम्म आईपुगेको उनि बताउछन् । सामान्य रुपमा ब्यवसाय शुरु गरेका उनि अहिले दमकका एक स्थापित ब्यवसायी मानिन्छन् । उनिसंग देश विदेश घुमेको अनुभव पनि रहेको छ ।

कस्मेटिकसंगै उनि किराना ब्यवसायीपनि हुन् । यसका साथै होटल ब्यवसायमा पनि संलग्न रहेकाछन् । दमक ५ मा साझेदारीमा थ्रीइन होटल पनि सञ्चालन गर्छन् । खतिवडा सहकारीकर्मीको रुपमा समेत परिचित रहेकाछन् । दमकका नयाँ बाटो सहकारी संस्थाका अध्यक्षहुन् ।