२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दमक आउने भएकाछन् । दमक गोल्डकपको समापनका लागि ओली दमक आउने निश्चित बनेको दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिएकाछन् । उद्घाटन र समापनमा नै आउने कुरा भएको थियो तर उद्घाटनमा ब्यस्तताले आउन सक्नु भएन, चम्लागाईले भने ।

समापनमा आउने उहाँले भन्नु भएको छ र आउनुहुन्छ, चम्लागाईको भनाई छ । चैत १८ गते गोल्डकपको समापन हुँदैछ । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा चार विदेशी टोलीसहित दश टिमको सहभागिता रहेको छ ।

ओलीको जोडबलका कारण नै अन्तराष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला बन्दैछ । यसभन्दा अघि लखनपुरको पाडाजुंगी रंगशाला निर्माणको प्रस्ताव भएपनि बिबादका कारण यसलाई दमकमा बनाउनका लागि आवश्यक प्रक्रिया शुरु भएको हो ।

यसैबीच बागमती युथ क्लब सर्लाही झापाको दमकमा जारी दमक गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा आयोजक दमक–११ लाई १–० गोल अन्तरले पराजित गर्दै बागमतीले क्वाटर फाइनलको यात्र तय गरेको हो । दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा गोल्डकप भइरहेको छ ।

बागमतीका लागि खेलको ८८ औँ मिनेटमा अनिल राना मगरले पेनाल्टीमार्फत गोल गरे । बागमतीका जोमाउलमाथि डिबक्समा फल गरेपछि बागमतीले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै बागमतीले जित पहिलो खेलमा विजयी सुरुवात गरेको हो ।