२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

झापाको अर्जनधारामा मर्निङ वाकमा हिडेकाहरुलाई पिकअपले गाडीले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार आज शनिवार बिहान साढे ५ बजे अर्जुनधारा नगरपालिका ६ पुष्पलाल चौकस्थित भित्री पक्की सडक खण्डमा प्रदेश १–०१–००१–च ९१०७ं नम्बरको पिकअपले ठक्कर दिँदा मर्निङ वाकमा रहेका सोही स्थानका ५३ वर्षीय कृष्णप्रसाद निरौलाको घटनास्थलमै मृत्यु भएको हो । मृतक निरौला दुर्गा माध्यमिक विद्यालय गरामनिमा कार्यरत शिक्षक हुन् ।

त्यस्तै सोही पिकअपको ठक्करबाट बिर्तामोड ५ का ४५ वर्षीय अर्जुन उप्रेती गम्भीर घाइते भएका छन् । उनको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि पिकअप चालक फरार भएका छन् भने पिकअपलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ