दमकमा गठबन्धनको उम्मेद्वार राम थापा ! प्रकाश प्रशाई र गगन पुरीको नाममा पनि छलफल
दमक/ स्थानीय तहको निर्वाचनमा दमकको प्रमुखका लागि राम थापा गठबन्धनको उम्मेद्वार बन्ने सम्भावाना बढेर गएको छ । गठबन्धनको बिभिन्न चरणमा भएका छलफलहरुमा थापाको नामको बिषयमा चर्चा भइरहेको गठबन्धनका एक नेताले जानकारी दिएकाछन् । एमाले बाहेकका गठबन्धनहरु जसरी पनि एउटा साझा उम्मेद्वार बनाउनेमा ध्याउन्नेमा रहेकाछन् ।
थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश अध्यक्ष हुन् । नेकपा एमालेसंग गठबन्ध हुँदा भीम पौड्याल उप प्रमुख प्रमुख दाबेदार रहेकाछन् । यद्यपी यो गठबन्धनको सम्भावाना भने न्यून रहेको बताईन्छ । थापा प्रमुखका लागि मुख्य आंकाक्षी र दाबेदार देखिएकाछन् ।
थापाको विकल्पमा गठबन्धनमा दमकमा नेपाली काँग्रेसबाट प्रकाश प्रशाईको नाम पनि चर्चामा रहेको छ । माओबादी केन्द्रका नेता गगन पुरी पनि सर्वसम्मत गठबन्धनको उम्मेद्वारका लागि चर्चामा रहेकाछन् । नेकपा एमालेबाट हाल उपप्रमुख गीता अधिकारी, अम्बिका खनाल, होमबहादुर थापा र ईन्द्र भण्डारीको प्रमुखमा नाम चर्चामा रहेको छ । कसैको पनि शतप्रतिशत उम्मेद्वार निश्चित भने छैन ।

