म दमकमा नगर प्रमुखको दाबेदार हो र माओबादी केन्द्रले प्रमुख पाउनु पर्छ-गगन पुरी
दमक/ दमकमा नेकपा एमाले बाहेकका गठबन्धनले राम थापालाई उम्मेद्वार प्रस्ताव गरिएको बताईएपनि माओबादी केन्द्रले समेत आफ्नो दाबीलाई कायम राखेको छ । जिल्लास्तरीय छलफलमा बिर्तामोड र दमक मध्ये कुनै एक आफुले पाउनु पर्ने माग अघि सारेको बताईएकोछ ।
राजनीतिक शक्ति केन्द्र मानिने मेचीनगर, बिर्तामोड र दमकमध्ये एकसहित दुई गाउँपालिकाको प्रमुखमा हाम्रो दाबी हो, माओबादी केन्द्रका एक जिल्ला नेताले बताए । अहिले हाम्रो संगठन मजबुद रहेको छ, उनले भने ।
विगतको मतभारलाई आधार मानेर अघि बढ्नु पर्ने आफुहरुले प्रस्ताव राखेको नेपाली काँग्रेस झापाका सभापति देउकुमार थवेले बताएकाछन् । तर माओबादीले भने वर्तमान अवस्थाका आधारमा शक्ति बाँडफाँड र सन्तुलनको प्याकेज मिलाइनुपर्ने माग अधि सारेको छ ।
मेचीनगर, भद्रपुर, हल्दिवारी, गौरीगञ्ज, झापा गाउँपालिका, बुद्धशान्ति, बिर्तामोड र दमक माओवादीको संगठन धेरै बलियो रहेको माओबादी केन्द्रले दाबी गर्दै आएको छ । यी पालिकाहरुमा माओबादी केन्द्रेले विशेष दाबी पेश गर्दै आएको अर्का एक माओबादी केन्द्रका जिल्ला नेताले बताए ।
दमकबाट माओबादी केन्द्रले गठबन्धनमा प्रमुख पाएको अवस्थामा गगन पुरीको नै सम्भावाना बलियो रहेको जनाइदै आएको छ । पुरी यसभन्दा अघि पनि नगर प्रमुखमा उठेका थिए । दमकमा काँग्रेसलेभन्दा माओबादीले नै बढि मत पाएको थियो ।
मैले पहिला पनि यहाँ काग्रेसको उम्मेद्वारलाई नै पराजित गरेकाले यहाँ प्रमुख दाबी हो, पुरीले भने । जिल्लामा नै सबैभन्दा बलियो पार्टीको उपस्थिति दमकमा रहेको छ र दाबीबाट पछि हटने कुरा आँउदैन, उनको भनाई थियो । म राप्रपा सहितको गठबन्धनबाट उम्मेद्वार बन्छु, उनले भने ।

