राप्रपासंग तालमेलमा गठबन्धनको मेयरमा राम थापा र उपमेयरमा रेगिना भट्टराई सहितको उम्मेद्वारी मनोनयन
दमक/ स्थानीय तहको आसन्न निर्वाचनका लागि आज दमक नगरपालिकामा नेपाली कांग्रेस सहितको गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
दमक नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, माओवादी केन्द, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका तर्फबाट घोषित ५२ जना उम्मेदवारहरुले एकसाथ मनोनयन दर्ता गराएका हुन ।
गठबन्धनबाट नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पर्टीका राम थापा, र उपप्रमुखमा नेपाली कांग्रेसकी रेगिना भट्टराई प्रसाईंले उम्मेदवारी दर्ता गराएका छन । सोही टीमका तर्फबाट वडा नम्बर १ मा तारा अधिकारी, २ मा रुद्र कार्की, ३ मा डिल्ली चापागाईं, ४ मा पुण्य दाहाल, ५ मा धनबहादुर भट्टराई, ६ मा यामजी श्रेष्ठ, ७ मा भिम पौडेल, ८ मा प्रकाश चापागाईं, ९ मा नगेन्द्र घोर्साइँ र १० मा राजेन्द्र भण्डारीले उम्मेदारी मनोनयन गराएका हुन ।

