ईमान्दारिता र सादकी जीवनको पर्याय बनेकी भिजनरी लिडर गीता अधिकारी
दमक/ एउटा सामान्य परिवारमा हुर्केकी र दुखका साथ उच्च शिक्षा हासिल गरेर प्राध्यपन पेशामा लागेकी गीता अधिकारी (पौड्याल) दमकका लागि नौलो र अपरिचित नाम होईन । दूई दशकभन्दा लामो समयसम्म अध्यापन पेशाबाट सक्रिय राजनीतिमा आएर दमक नगरपालिकाको उपप्रमुख बनेपछि ५ बर्षको अवधिमा उनले आफ्नो क्षमतालाई देखाइसकेकीछन् ।
अधिकारी हरेक दमकका नागरिकहरुका लागि एउटा आईडल हुन् । ५ बर्षको अवधिमा उनले दमक नगरपालिकालाई न्यायिक क्षेत्र होस या शिक्षा क्षेत्र नै किन नहोस् अनेकौ क्षेत्रमा उदाहरणिय काम गरेर देखाईसकेकीछन् । आजसम्म १ रुपियामात्रै भ्रष्टाचार गरेको कसैले प्रमाणित गर्छ भने आफु आफ्नो सामाजिक जिवन त्याग्ने घोषणा गरेकी उनि दमकका लागि आदर्शवान लिडरहुन् । मलाई मत हालेर विजय गराउने तथा आम नगरबासीले शिर उच्च हुने गरी र कहिल्यै पछुतो नहुने गरी काम गर्न दृढ संकल्प लिएर म अघि बढेको छु, उनि भन्छिन् ।
उहाँले पढेको र पढाएको बिषय अर्थशास्त्र भएकाले पनि उहाँले दमकबासीको आर्थिक विकास र उन्नतीको भिजन ल्याउन सक्नुहुन्छ, एमालेका युवा नेता सन्तोष दुलाल भन्छन् । अधिकारीले उपप्रख भएर कार्य सम्पादन गरिरहदा कहिल्यै पनि कसैलाई राजनीतिक प्रतिशोधले नहेरेकाले पनि सर्वमान्य जनप्रतिनिधिको रुपमा उहाँले हेरिएको एमालेको भनाई छ ।
दमक नगर प्रमुखकी उम्मेद्वार रहेकी अधिकारीले आफ्नो उम्मेद्वारी र सामाजिक जिवन नगरबासिका लागि भएको बताउछिन् । नगरलाई शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिक, विकास निर्माण, स्वास्थ्य, सूचना प्रविधि, कृषि, समानता लगायतका हरेक क्षेत्रको विकास नै आफ्नो प्रमुख एजेण्डा भएको उनि सुनाउछिन् । दमकलाई विकास र सम्बृद्धिको हिसावले नमुना नगर बनाएर छाड्ने अठोट छ, उनि भन्छिन् ।
सीपसंग रोजगार , भौतिक विकाससंग आर्थिक विकास, शिक्षासंग ब्यवहारिक ज्ञान र सीपलाई जोड्ने कार्ययोजना सहित अघि बढ्ने उनको भनाई छ । शिक्षा, स्वास्थ्य र पर्यटनको प्रर्वद्धनगर्दै दमकलाई पुर्वको एउटा हव बनाउन सकिन्छ, उनि थप्छिन् । आफु सहित उपप्रमुखमा अम्बिका खनाल र आफ्नो दशवटै वार्डको टिमलाई विजय गराउन आग्रह गर्दै दमकलाई सबैले हेर्न र सम्झन लायक नगर बनाउने अठोट आफुसंग रहेको उनले सुनाइन् ।

