२०८३ असार १६, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकको विकास विश्वमा नमुना रहने बताएकाछन् । राष्ट्रिय स्तरमा त दमकको चर्चा त हुने नै गरेको छ अब अन्तराष्ट्रिय स्तरमा समेत चर्चा गर्न लायक बन्ने छ ।

दमकको विकास रोक्नका लागि अहिले राजाबादीलाई समेत काँग्रेस र माओबादी केन्द्रले बोकेर हिडेको जनाउदै यो यहाँका सचेत जनताले विफल तुल्याएर विकास र सम्बृद्धिको पछिमा एमालेलाई मत दिनेमा आफु विश्वस्थ रहेको उनले बताए ।

झापाको दमकमा भएको चुनावी सभामा ओलीले दमकको विकासलाई सबै क्षेत्रमा अनुकरण गर्न लायक बनाउने जनाए । त्यसका लागि नगर प्रमुखमा गीता अधिकारी, उपप्रमुखमा अम्बिका खनाल सहित एमालेका सबै उम्मेद्वारलाई जिताउन उनको आग्रह थियो ।

नगर प्रमुख उम्मेद्वार अधिकारी र उपप्रमुख उम्मेद्वार खनालले नगरबासीको भावाना अनुसार काम गर्ने प्रतिबद्धता जनाए । सामाजिक जिवनमा अहिलेसम्म कहि कतै पनि नचुकेको जनाउदै नचुक्ने पनि उनिहरुको भनाई थियो । चुनावी सभामा कम्तिमा पनि १० हजारको सहभागिता रहेको नेकपा एमाले दमक नगरकमिटीले जनाएको छ ।