दमक १ मा एमालेले गठबन्धनलाई हराउदै क्लिन स्विप गर्यो, हरी न्यौपाने वडाध्यक्षमा विजयी
दमक/राप्रपाको गढ मानिएको दमक वडा नं १ मा एमालेको प्यानल नै विजयी भएको छ । मेयरमा गीता अधिकारीको अग्रता सहित वडा अध्यक्ष हरी न्यौपानेको प्यानल विजयी भएको हो ।
मत परिणाम अनुसार अध्यक्षमा न्यौपानेले १६ सय ८६ मत ल्याएर विजयी भएभने विपक्षि गठबन्धनका तारा अधिकारीले १६ सय २४ मत ल्याएका छन् । यसैगरी महिला सदस्यमा तारा खपतरीले १७ सय १४ र दलित महिला सदस्यमा नविना मोहोराले १७ सय १५ मत ल्याएका छन् ।
यसैगरी खुला सदस्यमा रघुवीर बुढाथोकीले १६ सय ५८ र राजकर्ण राईले १६ सय १२ मत ल्याएर विजयी भएका छन् । यो वडामा मेयरमा गीता अधिकारीले १७ सय ३२ मत र गठबन्धनका राम थापाले १६ सय ४८ मत ल्याएका छन् ।
गठबन्धनकी रेगिना भट्टराई प्रसाईंले १६ सय ४० मत ल्याएर अग्रता कायम गरेकी छन् भने एमालेका अम्बिका खनालले १५ सय ०९ ल्याएका छन् ।

