२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमकको राजनीतिक सहिष्णुतालाई उच्च राख्दै दमक नगरपालिका प्रमुखकी उम्मेद्वार एवं निकटतम् प्रतिस्पर्धि गीता अधिकारीले गठबन्धनबाट दमकमा नगर प्रमुखमा निर्वाचित राप्रपाका राम थापालाई बधाई सहित शुभकामना दिएकीछन् ।

उनले फुलमाला लगाई दिएर बधाई तथा शुभकामना दिएकीहुन् । अधिकारी दमक नगरपालिकको निवर्तमान उपप्रमुख पनि हुन् । अघिल्लो पटक नगर उपप्रमुखमा निर्वाचनमा प्रतिस्पर्धा गर्दा थापा नगर प्रमुखको र भट्टराई उपप्रमुखकी उम्मेद्वार रहेकी थिइन् ।

निर्वाचित नगर प्रमुख थापा र उपप्रमुख रेगिना भट्टराईलाई नगरपालिका परिसरमा गएर नै अधिकारीले बधाई तथा सफल कार्यकालको शुभकामना दिदै हारजित स्वभाविक प्रक्रिया भएकाले यसलाई सबैले आत्मसाथ गर्नु पर्ने अधिकारीले बताएकीछन् ।

यसैगरी उपप्रमुखमा निकटतम् प्रतिस्पर्धि रहेका नेकपा एमालेका अम्बिका खनालले पनि आफुसंगकी प्रतिस्पर्धि भट्टराई सहित नगर प्रमुखमा निर्वाचित थापालाई बधाई दिएकाछन् ।