अब दमकमा निशुल्क सुगर परिक्षण
दमक/ दमक नगरपालिकाले आफु मातहत रहेका शहरी स्वास्थ्य केन्द्रमार्फत निशुल्क रुपमा सुगर परिक्षणको ब्यवस्थापन गर्ने भएको छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले आफ्नो पहिलो निर्णय नै नगरका सबै स्वास्थ्य केन्द्र मार्फत निशुल्क सुगर परिक्षण गर्ने ब्यवस्थापन गर्ने गरेकीछन् ।
यसको टिप्पणीमा उनले सदर गरेकीहुन् । दमकमा शहरी स्वास्थ्य केन्द्रको सेवाहरुलाई चुस्त बनाउनका लागि आवश्यक रहेको आवाज उठ्दै आएको छ ।

