२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

शिवसताक्षी । झापाको शिवसताक्षीमा आज विहान दुर्घटना परी दुई जनाको मृत्यु भएको छ । शिवसताक्षी न.पा. १ स्थित धरमपुर सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ आइरहेको को १ ख ७१८७ नम्बर को बस र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०२०४० प ७२४९ नम्बर को मोटरसाइकल एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।

मोटर साइकल सवार मोरङ्ग पथरी शनिश्चरे न पा ८ का प्रकाश राई र भोजपुर सडानन्द न पा ८ का चिचोहाङ राईको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस तथा बसका चालकलाई प्रहरी नियन्त्रण मा लिएको ।