दुबै मृगौला फेल भएका पुर्व राष्ट्रिय फुटवल खेलाडिलाई दमक-लखनपुर भेट्रान क्लवको सहयोग
दमक/ झापाका पुर्व राष्ट्रिय फुटवल खेलाडि प्रेमकुमार लिम्बुलाई दमक लखनपुर भेट्रान क्लवले आर्थिक सहयोग गरेको छ । क्लवका सदस्यहरुले रकम उठाएर आर्थिक सहयोग गरिएको क्लवका अध्यक्ष दिवस राईले बताएकाछन् । उनि अहिले उपचाररत रहेकाछन् । ४५ हजार ३ सय ५० रुपिया सहयोग गरिएको उनले जनाए ।
आज एक कार्यक्रमबीच भद्रपुरका खेलाडि लिम्बुको आफन्तलाई उक्त रकम हस्ताण्तरण सहित स्थानीय तहको निर्वाचनमा विजयी क्लवका पदाधिकारी तथा सदस्यहरुले सम्मान कार्यक्रम पनि गरिएको थियो ।

