२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दमकका उपाध्यक्ष एवं दमक ६ स्थित सदा शिक्षा निकेतनका फाउण्डर प्रीन्सिपल सन्तोष दहालको दाहसंस्कार झापामा नै हुने भएको छ ।

काठमण्डौ लैजाने भनिएता पनि पारिवारीक सरसल्लाह अनुसार झापाको कन्काई नदीमा अपरान्ह ४  बजे (विहिबार)दाहसंस्कार गरिने तय भएको प्याब्सन दमकका अध्यक्ष जनार्दन मैनालीले बताए ।

दहालको गयराती हृदयघातका कारण निधन भएको थियो । उपचारका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लैजाने क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । दाहाल शैक्षिक र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल रहेका थिए ।