लायन्स क्लव इन्टरनेशनल ३२५ ए वानको चौथो क्याविनेट बैठक दमकमा हुँदै, सम्पूर्ण तयारी पुरा
दमक/ लायन्स क्लव इन्टरनेशनल, ३२५ ए वानको चौथो क्याविनेट बैठक झापाको दमकमा हुने भएको छ । यसको सम्पूर्ण तयारी पुरा भएको जनाईएको छ । डिस्ट्रिक गर्भनर रेवतबहादुर कार्कीका अनुसार दमक ८ स्थित कस्मिक पार्टी प्यालेशमा शनिबार हुने क्याविनेट बैठकको तयारी पुरा भएको हो । उनले क्याविनेट वैठकका साथै एक बर्षभर उत्कृष्ठ काम गर्नेहरुलाई अवार्ड वितरण र फेलोसिप समेत रहेकाले सम्पूर्ण लायन्सकर्मीहरुलाई उपस्थितिका लागि आग्रह गरेकाछन् ।
लायन्य सामाजिक क्षेत्रमा क्रियाशिल रहेको अन्तराष्ट्रिय संस्था हो । दमकपनि पछिल्लो समयमा लायन्स क्लवहरु स्थापनाको हव बन्दै गएको छ । यस्तो अवस्थामा क्याविनेट बैठक दमकमा हुनु गौरवको बिषय भएको दमकका लायन्स लिडर दिवस राईले बताए । काठमण्डौदेखि लिएर लायन्स क्लव इन्टरनेशनल, ३२५ ए वानमा आवद्ध रहेका पुर्वका सम्पूर्ण क्लवका सदस्यहरुलाई स्वागतमा आफुहरु तयार बनेको राईले जनाएकाछन् ।
लायन्सलाई यहाँसम्म ल्याउन बिभिन्न समयमा योगदान गरेका लायन्स लिडरहरुको पनि उपस्थिति हुनेछ । विशेष गरेर पुर्वी नेपाल र काठमण्डौबाट गरेर १ हजारभन्दा बढिको क्याविनेट वैठकमा सहभागिता रहने अपेक्षा गरिएको राईको भनाई छ ।


