२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको घरको गेट अगाडि शंकाश्पद प्रेसर कुकर भेटिएको छ । गौरादह ३ स्थित कार्कीको घर अगाडि तार जडित प्रेसर कुकर विहान साढे ५ बजे देखिएको जनाईएको छ । शंकाश्पद प्रेसर कुकर देखिएपछि कार्कीले तत्काललै प्रहरीलाई खबर गरेको बताईन्छ ।

विस्फोटक पदार्थ भएको हुनसक्ने भएकाले यसलाई डिस्पोज गर्नका लागि उक्त स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली गइरहेको प्रहरीको भनाई छ । घटनाबारे अनुसन्धान शुरु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।