२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापा कमल गाँउपालिकाका ३ वटा सहकारी संस्थाहरुको सहभागितामा बनेको बहुद्धेशीय संयुक्त कृषि फर्म कमल १ मा आधुनिक चारचक्के राईस ट्रान्सप्लान्टर मार्फत धान रोपाई भएको छ । ईन्द्रेणी बहुद्धेशीय सहकारी संस्थाका ब्यवस्थापक खगेन्द्र भण्डारीका अनुसार प्रधानमन्त्री कृषि आधुनिकरण परियोजन कार्यन्वयन ईकाई झापाको आयोजनामा असार १५ अर्थात धान दिवसको अवसर पारेर रोपाई भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजन कार्यन्वयन ईकाई झापाका बरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदी कृषिमा आधुनिकरण र यन्त्रिकरणको यो प्रयासले उत्पादन लागत घटाउने विश्वास लिईएको बताए । उनले पछिल्लो समयमा चक्लाबन्दि र सामुहिक खेतीको विस्तार भइरहेको भन्दै यसलाई बढवा दिनु पर्ने पनि बताए ।

कमल गाउपालिका वडा नं. १ का वडा अध्यक्ष केदार कटुवाल, किसान बीउ उत्पादन उद्योग प्रा लि, झापाका सल्लाहकार कृषि विज्ञ शेषराज पौडेल, बहुउद्देश्यीय संयुक्त सहकारी कृषि फर्म, कमल १ का अध्यक्ष बलराम गजुरेल लगायतको उपस्थिति रहेको थियो ।