नगर कार्यापालिकाको बैठक बोलाउने/नबोलाउने मेरो अधिकारको बिषय हो-राम थापा
विष्णुप्रसाद पोखरेल
दमक/ दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले नगर कार्यापालिकाको बैठक बोलाउने या नबोलाउने आफ्नो अधिकारको कुरा भएको बताएकाछन् । सोमबार भएको नगर सभामा विवाद एवं भनाभन् हुँदा थापाले यस्तो बताएकाहुन् ।
सोमबार नगर सभामा विवाद हुँदा वडाध्यक्ष तथा कार्यापालिका सदस्यहरु र नगर प्रमुख थापाबीच दोहोरो भनाभन् चल्यो । कार्यापालिका सदस्यहरुले नगर सभाको बैठक गर्नु अघि कार्यापालिकामा कतिपय बिषयहरुमा छलफल हुनुपर्ने बताएपछि नगर प्रमुख थापाले त्यो आफ्नो अधिकारको बिषय भएको बताएकाहुन । नगर कार्यापालिका सञ्चालन कार्यविधिमा नगर प्रमुखको निर्देशनमा कार्यकारी अधिकृतले बोर्ड बैठक बोलाउने ब्यवस्था रहेको छ ।
थापाले नगर सभामा आफु नियम, कानून र कार्यविधिको आधारमा चल्ने बताउदै कसैले बहुमतको दम्भ राखे फरक नपर्ने पर्ने पनि बताए । दमकमा नगर सभा र कार्यापालिका बैठकमा एमालेको बहुमत रहेको छ भने राप्रपा सहितको गठबन्धन अल्पमतमा रहेको छ । यसले गर्दा नगर सभा र कार्यापालिका बैठक प्रभावित बन्ने संकेत देखिएको छ । नगर प्रमुख थापाले आफु दबाबमा परेर निर्णय नलिने र कानूनले दिएको अधिकार प्रयोग गरेर अघि बढ्ने बारम्बार दोर्याईरहे ।
दमक नगरपालिकाको ११ औ नगर सभाको पहिलो वैठक सौहार्दपुर्ण रुपमा भएपनि दोस्रो बैठक भने तनावपुर्ण भएको छ । नीति तथा कार्यक्रम र बजेट पास गर्ने कार्यसूचि प्रस्तुत भएसंगै बिबाद सिर्जना भएको हो । दमकको विकास र सम्बृद्धिका लागि हामी सधै सकारत्मक छौ त्यहि भएर हामी नीति तथा कार्यक्रम र बजेट पास गर्ने उदेश्यले नै नगर सभामा गएका थियौ तर नगर सभा अध्यक्ष एवं नगर प्रमुख थापाको प्रस्तुती तानशाही भएकाले बाध्य भएर वैठक स्थगनको माग गर्नु पर्यो, एक नगर सभा सदस्यले भने ।
नगर सभा दमक नगरपालिकाकै आधिकारीक सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ नै भएको थियो । यसले गर्दा नगर सभामा के भएको थियो र कस्को गल्ति थियो भन्ने नगरबासीले स्पष्ट थाहा पाएकाछन् र पाउनेछन्, नगर सभा सदस्यहरुको भनाई छ ।

