२०८३ कार्तिक २, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको दमक ५ स्थित डाँफे सामुदायिक बचत तथा ॠण सहकारी संस्थाले आफ्नो पन्ध्रौ बार्षिकोत्सवका लागि तयार भएको प्रतिवेदन सार्वजनिक गरेको छ । शनिवार दमकस्थित मारवाडि सेवा समितिको हलमा तीज विशेष कार्यक्रम सहित प्रतिवेदन सार्वजनिक गरेको हो ।

संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले सहकारीको वित्तिय र अन्य ब्यवस्थापकीय लगायतका पक्षले बलियो रहेको जनाउदै सकेसम्म सदस्यहरुलाई बढिभन्दा बढि सेवा दिन प्रतिबद्ध रहेको जनाए । उनले ढुक्कका साथ कारोबार गर्दै अधिकतम् सेवा लिन पनि अनुरोध गरे ।

कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सहकारीहरु गरिबी निवारणका लागि वास्तवमा नै सफल रहेको जनाउदै नीति नियम अनुसार सहकारीहरु चले कहिल्यै पनि अप्ठेरो नआउने बताए । उनले सहकारीको विकासका लागि आफुहरु सधै लागि पर्ने पनि प्रतिबद्धता जनाए ।