२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको दमकमा रहेको मेची बहुद्धेशीय सहकारी संस्था समुदायमा आधारित नमुना सहकारी भएको सहकारीको २८ औ साधरणसभामा सहभागिहरुले बताएकाछन् । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले यस सहकारीको बिषयमा आफु जानकार रहेको बताउदै यो समुदायमा आधारित रहेको यस क्षेत्रको नै नमुना सहकारी भएको बताए ।

सहकारीका हरेक दृष्टिकोणबाट हेर्दा यो सहकारी अब्बल छ, उनले भने । समुदायमा आधारित रहेर काम गर्ने सहकारीहरु जोखिममा नपर्ने जनाउदै समुदायमा आधारित भएर काम गर्न पनि उनले आग्रह गरेकाछन् ।
सहकारीका अगुवा रामचन्द्र उप्रेतीले राम्रा र समुदायमा आधारित सहकारीहरुमा मेची सहकारी पनि अब्बल रहेको जनाए । उनले अहिले सहकारीहरुको बिषयमा धेरै भ्रमहरु छरिन थालेको भन्दै सचेत भएर काम गर्ने बेला आएको बताए ।

प्रदेश सभा सदस्य अर्जुन राई, दमक नगरपालिका पुर्व प्रमुख रोमनाथ ओली, सहकारी अभियान्त मीना ढकाल, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल लगायतले मेची सहकारी संस्था सहकारीहरुमा उदाहरण बन्न सफल भएको जनाए ।

सहकारीका कार्यकारी प्रमुख खोम बगालेले सहकारीको कोष, लगानी, बचत लगायत हरेक दृष्टिले सहकारी मजबुद रहेको जनाउदै अधिकतम् रुपमा समुदायमा आधारित रहेर काम गर्दै आएकाले आज यहाँसम्मको उपलब्धि हासिल भएको बताए ।  साधरणसभा सहकारीका अध्यक्ष नारायणप्रसाद भट्टाईको अध्यक्षतामा भएको थियो ।