२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ नेपाली काँग्रेसले संघीय निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा महेन्द्राकुमारी सुब्बा, डा.खगेन्द्रपाण्डव अधिकारी, विश्वदिप लिङ्देन, पदमबहादुर पौडेल र मेदनीप्रसाद सिटौलाको नाम सिफारिस गरेको छ । यि मध्ये कुनै एकजनाले टिकट पाउनेछन् ।

पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यस निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने जनाउदै आएकाछन् । सुब्बा अहिले पनि समानुपातिक सांसद रहेकीछन् । यो पटक समानुपातिक सांसदलाई पुन समानुपातिकमा नराख्ने काँग्रेसले निर्णय गरेको थियो ।