२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ माओबादी केन्द्रबाट प्रदेश सभा सदस्यमा झापा ५ (ख)मा आफ्नो प्रमुख दाबेदारी रहेको वाइसिएलका केन्द्रिय सचिव कर्मा पुलामी (डम्बर)ले बताएकाछन् । पुलामीलाई प्रत्यक्षबाट सिफारीस नगरेर समानुपातिकमा सिफारीस गरेको बुधबार सार्वजनिक भएपनि विहिबार फेरी उनको नाम प्रत्यक्षमा सिफारीस भएको छ ।

मेरो नाम त सर्वसम्मत रुपमा नै प्रदेश सभाका लागि आएको थियो तर मेरो नाम नै हटाएर बाहिर ल्याईएको रहेछ त्यो सत्य थिएन र अहिले सुधारेर बाहिर आएको छ, पुलामीले भने । मेरो शशक्त उम्मेद्वारी दाबी हो र उम्मेद्वार बन्ने हो, उनले भने ।

पुलामी जनयुद्ध लडेका एक शशक्त युवाहुन् । १३ बर्षको कलिलो उमेरदेखि उनि जनयुद्धमा होमिएका थिए । लडाई लडेर ल्याएको परिवर्तन जनताका लागि भएकाले त्यो अनुभुत गराउने गरी काम गर्ने सोच मेरो हो, उनले भने ।