२०८३ कार्तिक २, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक / दमक नगरपालिका वडा नं ७ का वडाध्यक्ष एवं राप्रपा नेता भिम पौडेललाई मातृशोक परेको छ । पौडेलकी आमा हर्कमाया पौडेलको ८८ बर्षको उमेरमा शुक्रबार बिहान ९ बजे निधन भएको हो ।

दमक ७ लेखनाथ चोक निवासी स्वर्गीय पौडेल लामो समयदेखि दम रोगबाट पीडित थिइन । पछिल्लो समय स्वास्थ्यमा थप समस्या भएपछि लाइफलाइन अस्पतालमा भर्ना गरिएको थियो ।

मृतक पौडेलका चार छोरा, बुहारी नाती नातिना र चार छोरी छन । स्वर्गीय पौडेलको दाहसंस्कारका लागि आज दिउँसो १ बजे कन्काई घाट लगिने पौड्याल वंशोद्धार समिति दमकका सचिव हरि पौडेलले जानकारी दिए ।