काठमण्डौबाट गौरीगन्ज आइरहेको बस दुर्घटना, दमकका १ सहित २ को मृत्यु
मक/ काठमाडौंबाट झापा आइरहेको यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
झापाको गौरीगञ्ज तर्फ आउदै गरेको यात्रुवाहक बस दुर्घटना भएको हो । ना ७ ख २०३२ नम्बरको भावना डिलक्स बस हेटौडा उपमहानगरपालिका वार्ड नं. १५ चुरियामाईमा आइतबार राती करिब १२.३० बजे दुर्घटना हुँदा दमक ५ का ६० बर्षिय डिल्लीबहादुर दर्जी र बेलबारी ८ की ५१ बर्षिया कल्पना राजवंशीको मृत्यु भएको हो ।
अन्य ३६ जना घाइते भएका छन् । घाईते मध्ये ७ जनाको हेटौटा अस्पतालमा उपचार भईरहेको छ भने अरू सामान्य उपचारपछि घर फर्किएको जिल्ला ट्राफिक कार्यालय मकवानपुले जनाएको छ । दुर्घटनामा परी गौरीगञ्ज १ का महेश राजवँशी, गौरादह ८ का गौरनाथ राजवंशी लगायत ३६ जना घाइते भएको प्रहरीले जनाएको छ । बसको ईन्जिनमा एक्कासी खराबी आएका कारण सो दुर्घटना भएको अनुमान गरिएको छ ।

