जन्मदिनको अवसरमा रत्न जेष्ठ नागरिक आश्रममा टिभि हस्ताण्तरण
दमक/ दमक सहित पुर्वमा लायन्सको माध्यमबाट सामाजिक क्षेत्रमा सक्रिय अजयकुमार अग्रवालले आफ्नो जन्मदिनको अवसर पारेर दमकस्थित रत्नाबृद्धा आश्रममा टिभी उपलब्ध गराएकाछन् । त्यहाँ रहेका जेष्ठ नागरिकहरुलाई सूचनाको पहुँच पुर्याउन लायन्स क्लव अफ झापा दमकमार्फत टिभि उपलब्ध गराईएको हो ।
लायन्स क्लव इन्टरनेशनल ३२५ सि का जिएसटि समेत रहेका अग्रवालले प्रत्येक बर्ष जन्मदिनमा असाहयलाई सहयोग तथा परोपकारी काम गर्दै आएकाछन् । जन्मदिनमा फजुल खर्च गर्नुको सट्टा आवश्यकताको आधारमा यस प्रकारले जन्मदिन मनाउने संस्कारको बिकास गराउन आफुहरु प्रयत्नशिल रहेको उनले बताए ।
लायन्स क्लव इन्टरनेशनल ३२५ सि का एरिया चिफ दिवश राइले लायन्सकर्मीेहरुले आफ्नो जन्मदिनलाई यस प्रकारले फरक रुपमा मनाउने कार्य गर्दै आएको जनाउदै यस्तो कार्यलाई निरन्तरता दिने जनाए ।
लायन्स क्लव अफ झापा दमकका अध्यक्ष अशोक चौधरीले क्लवका पदाधिकारी तथा सदस्यहरुको जन्मदिनमा कुनै न कुनै परोपकारी काम गर्दै आएको जनाए । लायन्सकर्मीहरुका उपस्थितिमा टिभि हस्ताण्तरण गरिएको थियो ।
