२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा सदस्य झापा क्षेत्र नं ५ मा बिजयी बन्नु भएको छ । दोब्बर मतभन्दा बढीको फराकिलो मतान्तरले ओली विजयी बन्नु भएको हो ।

ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेर विजयी बन्नु भएको हो । निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले २३ हजार ७४३ मत प्राप्त गर्नुभएको छ ।

मतान्तर र मतका आधारमा ओलीको विजयी किर्तिमानी विजयको रुपमा रहेको छ ।