२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ नगरपालिकाका प्रमुख रामकुमार थापाले सरकारी दमक अस्पतालको ब्यवस्थापन लगायत सेवाको बिषयमा आईरहेको अपजशको भारीलाई स्वीकारेर चाँडै नै यो अवस्थाको अन्त्य गरिने बताएकाछन् । सामाजिक सञ्जाल लगायतमा भइरहेको अस्पतालप्रतिको टिप्पणिप्रति जवाफ दिदै थापाले यस्तो प्रतिबद्धता गरेकाहुन् ।

आईतवार दमक नगरपालिकामा भएको उपेक्षित उष्ण प्रदेशिय रोगहरुको एकीकृत उपचार कक्ष उद्घाटनको औपचारिक कार्यक्रममा बोल्दै थापाले नयाँ निर्माण भएको भवनका आन्तरिक कामहरुका कारणले गर्दा सेवालाई सोचे अनुसार ब्यवस्थित गरेर नयाँ भवनबाट काम शुरु गर्न नसकिएको जनाए ।

म अझै पनि अपजशको भारी सहेर नै भएपनि राम्रो सेवा दिने किसिमको अस्पतालको रुपमा विकास गर्न लागि परेको छु, उनले भने । नगर क्षेत्रभित्र स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि राजनीतिक दबाब होस् या जस्तो सुकै परिस्थिति आएपनि आफु बिचलित नभइ लाग्ने पनि उनले जनाए ।

नगरमा राजनीतिक दलहरु अर्थात कार्यपालिका वैठकमा दमक अस्पतालको ब्यवस्थापन समिति गठन लगायतको बिषयमा सहमति हुन सकेको छैन । यहि बिषयलाई  ईकिंत गर्दै उनले यस्तो बताएकाहुन् । दमक नगरपालिकाले प्रत्यक्ष रुपमा अहिले अस्पतालको ब्यवस्थान लगायत आर्थिक प्रणाली हेर्दै आएको छ ।

भवन त बनेको थियो तर त्यहाँ ईलोक्ट्रिनिक्सको काम भएको थिएन, झ्यालहरुमा गृल लागेको थिएन, अहिले पनि तपाईहरु गएर हेर्न सक्नुहुन्छ त्यहाँ धेरै नै काम नगरपालिकाले गरिरहेको छ, थापाले भने । हो सेवामा असहजता भएको मैले बुझेको छ, उनले थपे । अब चाँडै नै बिमाबाट सेवा लिनेहरुलाई पनि सहजता हुने पनि थापाको भनाई थियो ।

पत्रपकारको बाक्लो उपस्थिति देखेपछि उनले बारम्बार पत्रकाहरुप्रति ईकित गर्दै उनले गएर अस्पतालको अवस्था हेर्दिन र भइरहेको काम जस्ताको त्यस्तै जनतासमक्ष लगिदिन पनि आग्रह गरेका थिए । तपाईहरु गएर हेर्दिनुहोस र जे देख्नुहुन्छ त्यो जनतासमक्ष पुर्याइदिनुहोस्, उनले भने ।