दमकमा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका- ६ निवासी ८१ वर्षीय कमलकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रवार राति साढे १० बजे उत्तर–दक्षिण बेलडाँगी सडकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–०१६प ६८६ नम्बरको मोटरसाइकलले पैदल यात्री राईलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका राईको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो । यता मोटरसाइकलसहित चालक दमक नगरपालिका- १ निवासी १८ वर्षीय आयुष राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।