प्रदेश १ को मुख्यमन्त्रीको पद सम्हाल्दै हिक्मत कार्की

दमक/ प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सहइन्चार्ज हिक्मत कार्कीले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । प्रदेशसभाका ६० सांसदहरूको समर्थनप्राप्त कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले हिजो मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनी प्रदेशका चौथो मुख्यमन्त्री हुन् ।
कार्कीले एमालेसहित माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश १ मा सत्तागठबवन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी कुल ६० सांसद छन् ।