२०७९ चैत्र १३, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ महिना अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमक उद्योग बाणिज्य सघको निर्वाचन नजिक आएपनि अहिलेसम्म अध्यक्षमा कुनै पनि समुह वा ब्याक्तिले औपचारिक घोषणा गरेकाछैनन् । कतिपयले बाणिज्य संघप्रति अविश्वास र घट्दो क्रेजको रुपमा पनि यसलाई हेर्न थालिएको छ । यसभन्दा अघि नेतृत्वका लागि हानथाप नै हुने गरेको थियो ।

यसभन्दा अघि पराजित भएका बिमल खतिवडा र अहिलेका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईको नाम चर्चामा रहेको छ । दमक उद्योग बाणिज्य संघको ब्रान्डिङ गर्न बिभिन्न कार्यक्रम ल्याएर लोकप्रीय भएका खतिवडाले यो पटक पनि आफु आउदा बाणिज्य संघलाई एउटा उचाईमा पुर्याने योजनाका साथ आउने बताउदै आएकाछन् ।

गुरागाइले आफुले संघमा निरन्तर २ दशक बिताएको जनाउदै यो पटक आफुले नेतृत्व पाउनु पर्ने दाबी गरिरहेकाछन् । म धेरै ब्यापारीलाई चिन्छु र गएको छु, गुरागाँई भन्छन् । यत्रो लामो समय संघमा काम गरेको छु र मैले अध्यक्ष दाबी गरेको हुँ, गुरागाईले भन्दै आएकाछन् ।

गोपाल जी र म मध्ये एकजना उम्मेद्वार बन्ने छौ, खतिवडाले भने । ब्यवसायिहरुको छाता संगठन भएकाले र यो लाभको पद नभएको भन्दै एकले अर्कालाई चिड्याएर अघि नबड्ने र अधिकत्म ब्यवसायीको हितमा काम गर्ने सोच रहेको पनि खतिवडाको भनाई छ ।

सर्वसम्मत रुपमा नेतृत्वको चयनको प्रयास पनि भइरहेको बताईन्छ । सकेसम्म निर्वाचन नहोस र संघको नेतृत्व सर्वसम्मत होस् भन्ने मेरो चहाना हो, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले भने ।

अध्यक्षभन्दा बढि यो पटक अन्य पदाधिकारी अर्थात उपाध्यक्षमा भने धेरै आंकाक्षी देखिदैछन् । अध्यक्षको उम्मेद्वारी कसैको घोषणा नभएपछि उपाध्यक्षका उम्मेद्वारहरु पनि अहिलेसम्म नखुलेको पाईएको छ । भोलीबाट निर्वाचन कार्यक्रम शुरु भएको छ । २९ गते उम्मेद्वार मनोनयन हुनेछ । ६ गते मतदान हुने र नयाँ नेतृत्व चयन हुनेछ ।