२०८० चैत्र १५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ वर्ष अगाडि

दमक/ लायन्स क्लव अफ झापा दमकले लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीको अवसर पारेर साताब्यापी कार्यक्रम घोषणा सहित बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।क्लवको लायन्स सप्ताह अन्र्तगत शुक्रबार दमकमा आत्महत्या रोकथाम तथा सचेतना कार्यक्रम शुरु गरेको छ ।

ईलाका प्रहरी कार्यालय दमकका प्रमुख दिलिप गिरीको प्रमुख उपस्थितिमा दमक बसपार्कमा कार्यक्रम घोषणा सहित सचेतना मूलक स्टिकर टाँस गर्ने अभियान शुरु भएको क्लवका अध्यक्ष अशोक चौधरीले बताएकाछन् । सार्वजनिक बस तथा सवारी साधन र सार्वजनिक स्थलहरुमा आत्महत्या न्यूनिकरण गर्न अपनाउन सकिने सचेतताको बिषयमा स्टिकरहरु टाँस गरिएको छ ।

लायन्स लिडर तथा क्लवका डाइरेक्टर अजय अग्रवालका अनुसार अहिले समाजमा समस्याको रुपमा बढ्दै गरेको आत्महत्या समस्यालाई न्यूनिकरणका लागि क्लवले शुरु गरेको सचेतता अभियान प्रभावकारी बन्ने विश्वास लिएको बताए ।

यसैगरी शनिवार क्लवले झापाको कमल गाँउपालिका वडा नं ६ का एक अति अशक्त अपाङ्ता भएका एक बृद्धको घरमा नै पुगेर कम्तिमा पनि ३ महिना पुग्नेगरी खाद्यन्न उपलब्ध गराएको छ । माघे संक्रान्तिको अघिल्लो दिन उक्त परिवारलाई क्लवले खाद्यन्न उपलब्ध गराएको हो । वडाध्यक्ष नरेन्द्र भट्टराइ पनि कार्यक्रममा सहभागि थिए ।

उक्त कार्यक्रममा लायन्सका लायन्स क्लव ईन्टरनेशनल ३२५ ए वानका पुर्व गर्भनर रेवतबहादुर कार्की र फुलकुमार लालवानी लगायतको उपस्थिति रहेको थियो । उनिहरुले लायन्स क्लव झापा दमकले सप्ताह कार्यक्रम फरकफरक बहु उपयोगी तवरले गरेको भन्दै प्रशंशा पनि गरे । अति विपन्न एकल बृद्धको अवस्था देखेर कार्की र लालवानीले आर्थिक सहयोग समेत गरेका थिए ।