दमकको नमुना बजारमा रहेका पसलहरुमा भिषण आगलागी
दमक/ आज आइतबार बिहान दमकको नमुना बजारमा रहेका पसलहरुमा आगलागि भएको छ । आगलागीका कारण करोडौं रुपैयाँ बराबरको धनमाल नोक्सानी भएको छ ।
नमुना बजारको मध्यभाग (लायन्स स्तम्भ) पूर्व दक्षिण साइडका काठको एक तले व्यवसायिक घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने सोसंगै जोडिएको तीन तले पक्की घरमा रहेका पसलहरुमा पनि क्षति पुगेको देखिएको छ ।
आगलागीका कारण त्यहाँका जुत्ता चप्पल पसल, फेन्सी कपडा पसल लगायतका पसलहरुमा जलेर नष्ट भएकाछन् । इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलिप गिरीले आगलागीको कारण खुल्न सकेको छैन ।
क्षतिको विवरण संकलन गर्ने र अनुसन्धान गर्ने कार्य जारी रहेको उनले बताए । बिहान करिब ८ बजे आगो नियण्त्रणमा आएको थियो ।

