२०८३ कार्तिक २, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ होलसेल ब्यवसायी संघ दमकको पद हस्तातरण कार्यक्रम सम्पन्न भएको छ । मोरङको पथरीस्थित भुल्केमा रहेको शान्तिवाटिकामा शुक्रवार एक कार्यक्रम गरि पदहस्तान्तरण भएको हो । संघका निर्वतमान अध्यक्ष रिंगकुमार आचार्यले नवनिर्वाचित अध्यक्ष राम रिमाललाई बैठक पुस्तिका दिएर नयाँ टिमलाई जिम्मेवारी दिएकाछन् ।

झापा ५ प्रदेश सभा (२ ) का सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमक चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्रकुमार ढकाल, अग्रज व्यवसायीहरु अजय अग्रवाल, बबरजंग थापा लगायतको उपस्थिति रहेको थियो ।

दमकका युवा ब्यवसायी  रिमालले अध्यक्षको जिम्मेवारी सम्हाल्न शुरु गरेकाछन्  । संघको दोश्रो अधिवेशन तथा तेश्रो साधारणसभाले रिमाललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

यसैगरी उपाध्यक्षमा शेखर न्यौपाने, सचिवमा शम्भु खतिवडा (रमेश), कोषाध्यक्षमा दयासागर आचार्य र सहसचिवमा राजकुमार गुप्ता चयन भएकाछन्। यसैगरि, सदस्यहरुमा वसन्त न्यौपाने, भरत प्रधान , हिरादेवी (खनाल) उप्रेती ,संगीता कटुवाल र राजेश अग्रवाल निर्वाचित भएकाछन् ।

संघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले हालै सम्पन्न संघको अधिबेशनमार्फत निर्वाचन सम्पन्न गराउन सहयोग पुरयाँउने सवैप्रति आभार प्रकट गर्नुका साथैं पाँच सदस्यीय एक सल्लाहकार समिति समेत गठन गर्ने निर्णय भएको सचिव शंभुप्रसाद खतिवडा ( रमेश) ले बताए । सल्लाहकार समितिको संयोजकमा काशीनाथ थपलिया, सहसंयोजकमा मैयादेवी आचार्य र सदस्यहरुमा विक्रमकुमार साह,ज्ञानु पौडेल,भक्तबहादुर बस्नेत रहेका छन् ।