२०८१ बैशाख ७, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ वर्ष अगाडि

फागुन १७ । झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुर चोकमा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार राति करिब पौने १२ बजे सडक पार गर्दै गरेका स्थानीय ३२ वर्षीय सन्तोष गुरुङ र ३७ वर्षीय खगेन्द्र बयलकोटीलाई ना४च ४५२५ नम्बरको कारले ठक्कर दिएको थियो ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूका शव बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा राखिएको छ । पूर्व-पश्चिम राजमार्गमा कारले ठक्कर दिएको हो । उक्त कार प्रहरीको नियन्त्रणमा छ । चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।