गोकुल श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यको उम्मेद्वार बन्दै

दमक/ दमक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष तथा दमकका चितपरिचित ब्यवसायी गोकुल श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यको उम्मेद्वार बन्ने भएकाछन् । दमक उद्योग बाणिज्य संघले श्रेष्ठलाई उम्मेद्वारको रुपमा लैजाने निर्णय गरेको बताईएको छ ।
महासंघको आउदो चैत २८ र २९ काठमाण्डौमा नयाँ नेतृत्वका लागि चुनावी साधारणसभा हुदै छ । श्रेष्ठलाई जिताउने अभियानमा एकबद्ध भएर लाग्ने निर्णय भएको छ, दमक उद्योग बाणिज्य सघका अध्यक्ष गोपाल गुरागाँइले भने ।
महासंघमा देशभरिका १ सय १८ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ आवद्ध छन् । दमकको पहिचान र परिचय महासंघमा विशेष प्रकारको रहदै आएको बताइन्छ ।