२०७९ चैत्र १३, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता २ हप्ता अगाडि

फागुन २९ । झापाको भद्रपुर नगरपालिका ३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका १ का ४० बर्षीय रामकुमार लिम्बू रहेका छन् ।

हिजो  दिउँसो साढे १ बजे पोखरीमा माछा मर्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानिय मानिसहरु र ईलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले पोखरीमा खोजतालासको क्रममा लिम्बूलाई मृत अवस्थामा फेला पारेका थिए ।