स्वर्गीय तुलसीप्रसाद खरेलको स्मृतिमा दमकमा ल्याव र औषधि निशुल्क सहित स्वास्थ्य शिविर
दमक/ झापाको दमक ५ स्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यालय, दमकमा भोली शनिवार बृहत स्वास्थ्य शिबिर हुने भएको छ ।
स्वर्गीय तुलसीप्रसाद खरेलको स्मृतिमा लायन्स क्लव अफ दमक मिडटाउन र जेष्ठ नागरिक सम्मान प्रतिष्ठानको आयोजनमा एक दिवसीय स्वास्थ्य शिबिर हुने भएको हो ।
जाँच पछि ल्याव परिक्षण र औषधि समेत निशुल्क बितरण हुने जनाईएको छ । क्वेस्ट फर्मक्युटीकल्स र मेगनास फर्मक्युटीकल्सको पनि सहयोग रहने आयोजक संस्थाका सुयोग खरेलले बताएकाछन् । विशेष गरेर सुगर, प्रेसर, थाइराइडको जाँच हुने पनि बताईएको छ ।
डा. निशान्त ढकाल, डा.सुवी खरेल, डा. बिक्रान्त खरेल लगायतका विशेषज्ञबाट जाँच हुनेछ । जेष्ठ नागरिक तथा सबै उमेर समुहले यसबाट लाभ लिन सक्ने पनि खरेलले बताउनु भयो । विहान ७ बजेदेखि शुरु हुने छ ।

