बाल मनोबिज्ञान र बालमैत्री सिकाईमा अब्बल सावित गर्न खोज्दै दमकको कर्नरस्टोन
दमक/ झापाको दमक ५ मा रहेको कर्नस्टोन फाउण्डेशनले वालमैत्री शिक्षालाई आफुहरुले आत्मसाथ गरेको र यस क्षेत्रमा वालमैत्री सिकाईमा अब्बल बन्ने घोषणा गरेको छ । आफ्नौ सातौ बार्षिकोत्सवको अवसरमा कर्नरस्टोनले यस्तो घोषणा गरेको हो ।
कर्नरस्टोन फाउण्डेशनको सातौ बार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकको शिक्षा शाखाका निमित्त प्रमुख सोम गुँरागाईले आफुले दमकमा कर्नरस्टोनलाई फरक विद्यालयको रुपमा चिनेको बताए ।
यहाँ साच्चै नै ब्यवहारिक शिक्षा र वालमैत्री शिक्षा दिइने रहेछ, गुँरागाइले भने । उनले यहाँको सिकाई पद्धती र वालबालिकालाई गरिने ब्यवहार अन्य विद्यालयलाई पनि हस्ताण्तरण गर्न आग्रह गरेकाछन् ।

आफुमात्र होइन अन्य विद्यालयलाई पनि यहाँहरुले अपनाएको विधि बाँडन पछि नपर्नुहोस्, उनले भने । बाल मनोबिज्ञानमा आधारित रहेर शिक्षा प्रदान गर्ने विद्यालयहरुको संख्या कम रहेको र यो एउटा उत्कृष्ठ बिद्यालय रहेको उनले जनाए ।
कर्नरस्टोन फाउण्डेशन संस्थापक प्रीन्सिपल युवराज गजमेरले वालबालिकाहरुलाई उनिहरुको रुचि अनुसारको सिकाईमा ध्यान दिने आफुहरुको प्रमुख ध्यय रहेको बताए ।
हामी परिक्षामा रिजल्ट राम्रो आउनु पर्छ र ल्याउनुपर्छ भन्ने मान्यता राख्दैनौ, उनले भने । विदेशका राम्रा विद्यालयहरुमा जसरी पढाइ हुन्छ त्यो यहाँ हुन्छ, उनले थपे ।
उनले यस विद्यालयमा आउने सानासाना वालबालिकाहरुले पनि संस्कार र जीवन पद्धतीलाई आत्मसाथ गर्ने दाबी गरे । म दाबीका साथ भन्छु हामी जीवनउपयोगी सीप दिन्छौ र जबरजस्ति घोकन्ते शिक्षालाई ध्यान दिदैनौ, उनले भने ।
उनले अभिभावकहरुलाई आएर विद्यालयको अवस्था र सिकाई पद्धतीलाई नियाल्न पनि आग्रह गरे । हामी कति फरक रहेका छा र हामी कसरी सिकाउछौ भन्ने आएर एकपटक हेर्नुहोस्, उनले थपे ।
वालबालिका देखि लिएर फाउण्डेशनका शिक्षिकाहरुले स्टेजमा आफ्ना सास्कृतिक प्रस्तुतीहरु देखाएका थिए । बार्षिकोत्सवमा अभिभावक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


