२०८३ कार्तिक २, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/नेपाल उद्योग तथा व्यवसायी महासंघ दमक नगर समितिको पहिलो अधिबेशनबाट दमकका युवा ब्यवसायी रमेश लुईटेल सर्वसम्मत अध्यक्ष बनेकाछन् । शुक्रबार भएको पहिलो अधिवेसनमा विमल खतिवडाले नेतृत्व हस्ताण्तरण गरेकाहुन् ।

समितिको उपाध्यक्षमा लोकेश सापकोटा, चिरन न्यौपाने, सचिवमा निरज आचार्य, सहसचिवमा मोहन मगर, धनमाया बस्नेत र दुर्गानन्द शाह सर्वसम्मत चयन भएकाछन् । यसैगरी कोशाध्यक्षमा मधु गुप्ता, सह कोशाध्यक्षमा कमल सेन्चुरी चयन भएकाछन् ।

सदस्यहरुमा नेत्र लुँइटेल, खेमप्रसाद तिवारी,कुलबहादुर श्रेष्ठ, सन्दिप न्यौपाने, महेन्द्र दुलाल, तोयानाथ अधिकारी र जीवशकुमार शाह चयन भएकाछन् । महासंघका केन्द्रिय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य एल.पि साँवाले अधिवेसनको उद्घाटन गरेका थिए ।