दमक महलको डिम्याक्स सिनेमा हलमा फिल्म हेर्नेको ताँती
दमक/कुनै समयमा दमकमा चलचित्र हेर्ने हल राम्रो नभएको भन्दै भारतको सिलगुढी, नेपालकै बिर्तामोड र इटहरीसम्म दर्शकहरु जाने गरेका थिए । अहिले आनन्दका साथ फिल्म हेर्ने अवस्था दमकमा नै भएको छ । दमक महलमा रहेको डिम्याक्स सिनेमा हलमा अहिले भिड लाग्ने गरेको छ । अहिले नेपाली कथानक चलचित्र जारी हेर्नेको भिड लागेको हो ।
कोरोनाको समयमा खास दर्शक नपाएको अवस्थामा डिम्याक्समा अहिले दर्शकको कमी छैन । दमक महल सञ्चालक रेवत बस्नेतका अनुसार अहिले उल्लेख्य मात्रामा दर्शकहरु आउनु भएको छ । नेपाली तथा हिन्दि चलचित्र हेर्न दर्शकहरु आउने गरेकाहुन् । विशेष गरेर जारी चलचित्रका लागि आउने दर्शकहरु धेरै रहेकाछन् । अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म ‘जारी’ को प्रदर्शन भब्य भइरहेको छ ।
फिल्म लिम्बु समुदायको प्रेमकथामा आधारित छ जसमा आफ्नी श्रीमतीलाई फिर्ता ल्याउन पुरुषले गर्नु परेको संघर्षलाई देखाइनेछ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्।
बासुरी फिल्म्स ब्यानरकाे फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। यसअघि अभिनेता दयाहाङ र मिरुना ‘कबड्डी ४’ मा एकसाथ देखिएका थिए। उक्त फिल्मले नेपालमा सर्वाधिक कमाउने रेकर्ड राखेको थियो।
