बाँझोपनाको समस्या रहेका निसन्तान दम्पतीहरुलाई लक्षित गरेर स्वास्थ्य शिविर हुँदै
दमक । बाँझोपनाको समस्या रहेका निसन्तान दम्पतीहरुलाई लक्षित गरेर झापाको दमकमा स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । यस्ता दम्पतीहरुको उपचार तथा परमर्शका लागि दमकमा विशेष स्वास्थ्य शिविर हुन लागेको हो ।
ऊँ मेची अस्पताल दमक ७ को आयोजनामा बैशाख २९ मा एक दिवशीय शिविर हुने शिविर हुने बताईएको छ । भारतको सिलिगुढीमा रहेको न्यू लाइफ फर्टिलाइजर सेन्टरको विशेष सहयोग शिविरको आयोजना हुन लागेको अस्पतालका डा. शंकरप्रसाद हुजदारले बताए । उनका अनुसार शिविरमा विवाह भई सन्तानको इच्छा हुँदा हुँदै पनि सन्तान प्राप्तिका लागि गर्भ नबसेका दम्पतीहरुलाई आवश्यक परामर्श सेवा प्रदान गर्नुका साथै उपचारविधि र पद्धतिका बारेमा समेत जानकारी गराइनेछ ।
२०७६ सालमा समेत सो सेन्टरले दमकमा सोही प्रकृतिको शिविर सञ्चालन गरेको थियो । सो शिविरबाट २०० जनाले सेवा लिएका थिए । उनीहरुमध्ये कतिपय जोडीहरुले ६ महिना भित्रै प्रतिफल प्राप्त गरेका र कतिपय बच्चा पाउने प्रकृयामा रहेको बताइएको छ । कोरोना संक्रमणका कारण २०७६ पछि यस किसिमको शिविर सञ्चालन गर्न नसकिएको बताउँदै अहिले सहज परिस्थिति भएपछि यहाँको मागलाई ध्यानमा राखेर शिविर आयोजना गरिएको अस्पतालका डा. निरञ्जनसिंह बोगटीले जानकारी दिए ।

