२०८० फाल्गुन १४, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता १० महिना अगाडि

दमक/ नइ प्रकाशन काठमाडौंबाट साहित्यकार तथा सिर्जनशील अभियन्ता धनकुटे कान्छा नइ कीर्ति रत्न अलङ्कारबाट विभूषित हुनु भएकाे छ। काठमाडौंमा एक समाराेहका बीच कवि तथा साहित्यकार धनकुटे कान्छालाई उक्त विभूषणबाट आयामेली कवि एवम मुन्धुमविद वैरागी काँइलाले विभूषित गर्नु भएकाे हाे।

कार्यक्रममा महासमालाेचक प्रा. डा. वासुदेव त्रिपाठी, खाेजअनुसन्धानकर्ता मुकुन्दरण उपाध्याय, गाैरवी नारी भद्राकुमारी घले लगायत लब्ध प्रतिष्ठित व्यक्तित्वकाे उपस्थिति रहेकाे थियाे। प्रकाशनकी अध्यक्ष इन्दिरा प्रसाईकाे अध्यक्षता र सदस्य सचिव नरेन्द्रराज प्रसाईकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा नइ कीर्ति लाेकार्पण समेत गरिएकाे थियाे।

विभूषित साहित्यकार धनकुटे कान्छा ३ दशकभन्दा लामाे समयदेखि भाषा,साहित्य, कला,संस्कृति र शिक्षाकाे क्षेत्रमा अभियन्ताका रुपमा प्रसिद्ध छन्। उनका ४ ओटा कृति प्रकाशित छन्। उनले खाेज अनुसन्धान गरेका कृतिहरुकाे सम्पादन समेत गरेका छन्।

बालबालिकाकाे क्षेत्रमा समर्पित उनले बाल साहित्यिक प्रकाशनकाे सम्पादन समेत गरेका छन्। नेपालमा सबैभन्दा पहिलाे चराका आवाज निकाल्ने उनी कलाकार समेत हुन। दमक झापामा स्थायी बसाेबास गर्ने उनी पूर्व सन्देशका नियमित स्तम्भकार समेत हुन।